करिश्माको फोटो खिचाउने कार्यमा रेकर्ड

काठमाडौं। नेपाली चलचित्रका नायिकाहरु मध्ये हालसम्म सर्वाधिक फोटो खिचाउने नायिकामा करिश्मा मानन्धर देखिएकी छन् । फोटोग्राफर राजीव श्रेष्ठबाट २०४४ सालमा पहिलो पटक फोटोसेसन गराएर चलचित्रको संसारमा प्रवेश गरेकी करिश्मा ३३ वर्षयता लगातार फोटोसेसन गराइरहने नायिका हुन ।

नेपाली चलचित्रमा लामो समय टिक्ने मात्र होइन, आफ्नो सौन्दर्यलाई लामो समय जोगाएर राख्ने करिश्माको पोजले सबै फोटोग्राफरको ध्यान खिच्ने गरेको छ। उनी प्रत्येक वर्ष व्यावसायिक रूपमै फोटोसेसन गरेर आफ्नो नयाँ लुक्स सार्वजनिक गर्छिन् ।

करिश्माका तस्बिरमा फरक शैली र फरक आयाम फेला पार्न सकिन्छ। चलचित्रबाट विश्राम लिँदै पाँच वर्ष अमेरिका बस्दा पनि उनले फोटोसेसन गराउन छाडिनन् ! करिश्मा सबैभन्दा बढी चलचित्रमा काम गरेकी नायिका मात्र होइनन् ! सर्वाधिक सफल चलचित्र दिने आकर्षक अभिनय क्षमताकी धनी हिरोइन पनि बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *