प्रधानमन्त्रीले सुरु गर्नुभयो ‘मेरो कित्ता’ एप

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा प्रशासनसम्बन्धी डिजिटल प्रविधि ‘मेरो कित्ता’ एप सार्वजनिक गर्नुभएको छ । बिहीबार नापी विभागको आयोजनमा भूमि प्रशासन सुशासन सम्बन्धी डिजिटल सफ्टवेयरको स्वीच थिचेर प्रधानमन्त्रीले एप तथा अनलाइन सेवाको सुभारम्भ गर्नुभयो ।
‘मेरो कित्ता प्रणाली’ बाट सेवाग्राहीले घरमै बसी अनलाइन प्रविधिबाट नक्सा प्रिन्ट, फिल्डवर्क उतार, प्लट रजिस्टर प्रिन्ट गर्न सक्नेछन् ।
सुरुमा डिल्लीबजार, भक्तपुर र कलंकीस्थित नापी कार्यालयमा तथा केही दिनभित्रै चाबहिल, ललितपुर, मनमैजु, टोखा र साँखुस्थित कार्यालयमा सेवा सञ्चालन गरिने विभागले जनाएको छ । त्यसपछि जग्गाको धेरै कारोबार हुने ठाउँलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्षभित्रमा देशभर सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।

एप सञ्‍चालनमा आएसँगै घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि अब जग्गाधनीले नापी कार्यालय पुगेरै प्रिन्ट नक्सा लिनु नपर्ने भएको छ । जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने अनलाइन प्रणाली नापी विभागले सञ्चालनमा ल्याउने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *