नक्कली पीसीआर रिपोर्टले १२२ जनाको विदेश यात्रा रोकियो

काठमाडौं । नक्कली पीसीआर परीक्षणको रिपोर्ट लिएर विदेश जान लागेको आशंकामा प्रहरीले १२२ जनालाई विमानस्थलबाट फर्काइएको छ। त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले विदेश जान लागेका युवाले देखाएको पीसीआर रिपोर्टमा शंका लागेपछि रोकेको हो। रोकिएका सबै सूर्य ल्याब सिनामंगलमा कोभिड १९ परीक्षण गरी उडने तयारीमा थिए ।

रिपोर्ट लिएर विभिन्न मुलुक जान लागेका उनीहरुलाई विमानस्थलमै रोकिएको हो। अधिकांश खाडी मुलुकमा जान लागेकाहरु रोकिएका छन्।
सूर्य ल्याबमा महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार छापा मारेको थियो। छापा मार्दा ल्याबले स्वाब नै नलिइ नेगेटिभ रिपोर्ट दिएको खुलेपछि प्रहरीले विदेश जाने मानिसको रिपोर्टमा कडा निगरानी थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *