कोरोनाविरुद्धको खोप अभियान तत्कालका लागि रोकियो
काठमाडौं। काठमाडौं उपत्यकामा कोरोनाको कारण निषेधाज्ञा गरिएकाले कोरोनाविरुद्धको खोप लगाउने अभियान रोकिएको छ।
कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल लागि रोकिएको हो।
जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले विज्ञप्तिमा तत्कालका लागि खोप अभियान रोकिएको जनाएको छ।
काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि बन्द गरिएको छ।