पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

चितवन, १३ मङ्सिर । तुइनखोलाको पहिरो जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजदेखि अर्को सूचना जारी नभएसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरिनेछ ।

सडक बन्द हुँदा नारायणगढबाट काठमाडौं र पोखरातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन् । पहिरोको जोखिम हटाई सडक सुरक्षित बनाउने उद्देश्यले आवागमन रोकिएको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *