आन्तरिक र अन्तराष्ट्रिय उडानमा रोक

maitrinews

काठमाडौं । आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते मध्यरातदेखि बैशाख मसान्तसम्म आन्तरिक र अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । कोभिड संक्रमण ह्वातै बढेपछि कोभिड संक्रमण बढ्न नदिन यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं संचार मन्त्री पार्वत गुरुडका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

domestic airport lukla

उनका अनुसार ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।’
कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीको सिफारिस अनुसार सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो।