विपक्षी गठबन्धनबीच अप्राकृतिक सहकार्य हुंदै

maitrinews

 

काठमाडौं । संविधान बमोजिम प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धन थप एकजुट बनेको छ । बैठकमा काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव कुमार नेपाल समूह र जनमोर्चाका नेताहरुको सहभागिता रहेको थियो । बानेश्वरमा भएको विपक्षी हरुको मोर्चाबन्दीमा शीर्ष नेताहरुबीच बैठकमा केन्द्रमा जस्तै मातहतका सबै कमिटीमा एकजुट भएर प्रधानमन्त्री ओलीको संवैधानिक कदमविरुद्ध लागिपर्ने निर्णय भएको एक नेतालेबताए । उनका अनुसार अब केन्द्र देखि मातहतका पार्टी कमिटीमा पनि यी ५ वटै पार्र्टी वीच मोर्चाबन्दी गरेर सरकारका विरुद्ध राजनीति र न्यायिक लडाइ लड्ने सहमति भएको छ ।

यस मोर्चाबन्दीलाई राजनैतिक विश्लेषकहरुले भने हार मानसिकताले बनेको अलोकतान्त्रिक, अप्राकृतिक र अराजक गठबन्धन भएको टिप्पणी गरेकाछन् । सहमतिअनुसार आज पाँच वटै दलका नेताहरुले आआफ्नो पार्टी कमिटीलाई निर्देशन गर्ने छ ।