२३ सांसद सहित संसद विघटनको विपक्षमा उभिए माधव नेपाल

maitrinews

 

काठमाडौं। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै एमालेका २३ सांसदले रिटमा हस्ताक्षर गरेका छन् । गोकर्ण बिष्टलगायत माधव पक्षका ३ सांसदले भने अझै हस्ताक्षर गरिसकेका छैनन ।  हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।

त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।