सुनको मूल्यमा एक हजार वृद्धि : चाँदी पनि महँगियो
काठमाडौँ, १५ साउन । स्थानीय बजारमा आज शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेको छ । बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजो बिहीबार पनि सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको थियो ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँमा किनबेच भएको चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ३६० रुपैयाँ पुगेको छ ।