छैठौं मातृभाषा पत्रकारिता दिवसमा भर्चुअल अन्तरक्रिया

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ। छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा आयोजित मातृभाषा पत्रकारिता क्षेत्रका विकासको लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन्।

नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले विसं.२०७५ सालमा प्रथम मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरेको स्मरण गर्दै यस वर्ष दोश्रो सम्मेलनको आयोजना गर्ने योजना रहेपनि महामारीको अवस्थामा गर्न नसकिएको वताएका छन् । समयानुकुल सम्मेलनको आयोजना गरिने पनि श्रेष्ठको भनाई रहेको छ।

कार्यक्रममा वरिष्ठ पत्रकार सुरेश किरण मानन्धर, पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायण किलम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले मातृभाषा पत्रकारितालाई अलगधार र खस नेपाली भाषाको पत्रकारितालाई मूलधार भन्दै विभेद भइरहेको गुनासो समेत गरेका छन् । सम्वन्धित समुदायको लागि मातृभाषा पत्रकारिता नै मूलधार भएको दावी उनीहरुको रहेको छ।

९६ वर्ष अघि नेपाल सम्वत १०४५ (वि.सं. १९८२) मा ललितपुर चिकंबहिका धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले कलकत्ताबाट ‘बुद्ध धर्म’ नामक नेपालभाषाको पत्रिका प्रकाशन गरेका थिए । यही पत्रिकालाई नेपालको पहिलो मातृभाषी पत्रिकाको रुपमा लिइन्छ । इतिहासकै पहिलो मातृभाषी पत्रिका ‘बुद्ध धम्र्म’ दोश्रो बर्षमा ‘बुद्ध धम्र्म व नेपालभाषा’ नामले प्रकाशित भएको थियो । राणाकालीन कठोर समयमा ५ बर्षसम्म यो पत्रिका प्रकाशन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *