जसपा आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने तयारी

maitrinews

 

काठमाडौं । जनता समाजवादी पार्टी आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताहरुसँग बालुवाटारमा आज भएको जसपा नेपालका नेताहरुको बैठकमा यस्तो सहमति भएको हो । सकिएको छ । करिब दुई घण्टा चलेको बैठक सकारात्मक भएकाले जसपा सरकारमा सहभागी हुने सहमति जनाएको छ ।

जसपाका नेता लक्षणलाल कर्णकाअनुसार प्रधानमन्त्री ओलीले सरकारमा आउने प्रस्ताव गर्नुभएको र जसपालाई दिने मन्त्रालय संख्या टुङ्गो लागेपछि सरकारमा जाने तयारी भएको जानकारी दिनुभयो । जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने सहमति बनेको नेता कर्णले जानकारी दिनुभयो ।
बालुवाटारमा बैठकमा सहभागी हुनुभएका एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार बैठकमा जसपाको माग मुद्दा सम्बोधन गराउने विषयमा समीक्षात्मक छलफल भएको छ । मन्त्रालयको भागवण्डाबारेमा प्रधानमन्त्री र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच सहमति हुनसक्ने तर बैठकमा त्यसबारे जानकारी नगराइएको उहाँले बताउनुभयो । “प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन आव्हान गर्नुभयो, सबै दललाई सरकारमा सहभागी हुन आव्हान प्रधानमन्त्रीले गर्दैआउनुभएको छ, मन्त्रालय कुन कुन लिने दिने टुङ्गो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरले लगाउनुहोला” उहाँले भन्नुभयो ।