नेपाल पक्षले बोलाएको अवैध बैठकमा नजान एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई आग्रह गरेको छ ।
एमाले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान विपरितको क्रियाकलापमा सहभागी नहुन सूचित गराउनुभएको हो ।
खनाल नेपाल पक्षीय केन्द्रीय समितिको आज भर्चुअल बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको हो ।
ुअध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु,ु विज्ञप्तिमा भनिएको छ ।
काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरिएको छ ।
