बागमती प्रदेशको नीति तथा कार्यक्रम पास हुने
हेटौंडा । बागमती प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम पास गर्न एमाले एकढिक्का भएको छ ।
शनिबार बिहान नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न पार्टीका प्रदेश सभा सांसदहरुलाई निर्देशन दिनुभयो ।
शाक्यले संसदीय दलको बैठकमा बागमती प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको दलका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिनुभयो ।
नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा एमालेका दुवै पक्षका सांसदहरु सहभागी भएका थिए ।
नीति तथा कार्यक्रम आज बागमती प्रदेशमा निर्णायर्थ पेस हुँदैछ