पेरुको ५०० वर्ष पुरानो डोरीको पुल

maitrinews

 

पेरुको आपुरीमाक नदीको दुई किनारका समुदायहरू बर्सेनि पुरातात्विक महत्वको डोरीको पुल मर्मत गरी त्यसलाई जीवन्त राखेका छन् । गत वर्ष भने कोरोना महामारीका कारण यो पुल मर्मत भएन । तर यस पटक भने नदीको दुई किनारका समुदायले मिलेर पुल मर्मत गरे । सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै आएको डोरी बाट्ने सीप प्रयोग गरेर यो पुल मर्मत गरिएको हो । यो पुल ५०० वर्षदेखि यो स्थानमा रहिआएको छ । ९८ फिट लामो यो पुलमा डोरीमात्र प्रयोग गरिएको छ । यो पुल हेर्न बर्सेनि हजारौँ मानिस त्यहाँ पुग्ने गर्छन् ।