चीनमा कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाउँदै

maitrinews

 

चीन । चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको उत्सव मनाइरहेको छ।

चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ।

हङकङले पनि उही मितिमा गरेको हस्तान्तरणको वर्षगाँठ मनाउँदैछ।

सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो।

त्यो समयमा देशमा व्यापक परिवर्तनहरू भए ( तर केही त्यस्ता परिवर्तनहरू भने स्पष्ट रूपमा देखिनेगरी हटाइएको छ।

सोमवार, बेइजिङस्थित बर्डस् नेस्ट रङ्गशालामा द ग्रेट जर्नी नाम दिइएको कला देखाइएको थियो।

उक्त प्रदर्शनमा कलाकारहरूले पार्टी र देशको इतिहास झल्काउने खालका पहिरन लगाएका थिए र साजसज्जा पनि त्यस्तै खालको थियो।
चीनले कोभिड(१९ को महामारीलाई कसरी पराजित गर्यो भन्ने पनि प्रस्तुति देखाइएको थियो

चीनले कोभिड(१९ को महामारीलाई कसरी पराजित गर्यो भन्ने पनि प्रस्तुति देखाइएको थियो

यसैबीच, वार्षिकोत्सव मनाउन वर्षैभरि प्रसारणका लागि १०० टेलिभिजन कार्यक्रमहरूको मितिहरू तय भइसकेको छ।

चीनको उपलब्धिहरूको प्रशंसा गर्ने १००५ भनिने गीत पनि सार्वजनिक गरिएको छ जसमा १०० गायकहरू रहेका छन्।
१९२१ जस्ता देशभक्तिको चलचित्र वर्षैभरि सिनेमा घरहरूमा देखाइने भएको छ ।

ूरेड टुरिजम्ू पनि निकै लोकप्रिय भएको छ। सीट्रिपजस्ता ट्राभल कम्पनीहरूले ूरेड पिल्ग्रिम्सू का लागि १ सय नौला मार्गहरू सार्वजनिक गरेका छन्।
साङ्घाइमा भएको पार्टीको पहिलो राष्ट्रिय सम्मेलन जस्ता ठाउँ पर्यटकका लागि ूरेड टुरिज्मू अन्तर्गत खोलिएको छ

विज्ञहरूका अनुसार पार्टी र देशको इतिहासलाई प्राथमिकता दिएर उत्सवहरू मनाइरहँदा, सीसीपीले चीनको तीव्र विकासलाई पनि पर्यायका रूपमा देखाउन खोजेको देखिन्छ।

१०० वर्षको उत्सव ूस्पष्ट रुपमा पार्टीका लागि एउटा महत्त्वपूर्ण क्षण हो र तामझामसँग पूरा योजना पनि गरिएको छ,ू द इकोनोमिष्ट इन्टेलिजेन्सका टम राफर्टीले भने।

बिहीवार नै ब्रिटिश उपनिवेश चिनियाँ शासकलाई हस्तान्तरण गरिएको २४औँ वर्षगाँठ पनि हो।

हङकङमा धेरैजसो उत्सवहरू हुने भए पनि हालैका वर्षमा उक्त मितिमा त्यहाँ बेइजिङ विरोधी प्रदर्शनहरू हुने गरेका छन्।

तर गत वर्ष विवादास्पद राष्ट्रिय सुरक्षा कानुन ल्याइएपछि भने विरोधी आवाजहरूलाई बन्द गरिएको छ।

हङकङ प्रहरीले कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध भन्दै र्‍याली आयोजना गर्न अनुमति दिन अस्वीकार गर्ने आयोजकहरू बताउँछन्।