हैटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै हत्या

 

हैटी । हैटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै हत्या भएको छ ।
हत्या गरिएका राष्ट्रपति मोइन ५३ वर्षका थिए

हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमा गरिएको आक्रमणमा ज्यान गएको देशका अन्तरिम प्रधानमन्त्रीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ।

पोर्टअप्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन्।

आक्रमणमा प्रथम महिला घाइते भएको विवरणमा जनाइएको छ।

अन्तरिम प्रधानमन्त्री जोजेफले ूराज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएकोू बताएका छन्।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए।

भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो।

यसै वर्ष केही अघि राजधानी र देशका अन्य शहरहरूमा पनि मानिसहरूले उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शनहरू गरेका थिए।