बाङ्ग्लादेशको खाद्य प्रशोधन कारखानामा भीषण आगलागी, कम्तीमा ४९ जनाको मृत्यु

 

ढाका । बाङ्ग्लादेशको राजधानी ढाकानजिक एउटा खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ४९ जना मारिएका छन्।

थुप्रै कामदारहरू हराइरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अग्निनियन्त्रक एक अधिकारीले बताए।

विवरणहरूमा जनाइएअनुसार मानिसहरू भवनभित्रै रहेका बेला स्थानीय समयअनुसार बिहीबार राति आगलागी शुरू भएको थियो।
आगलागीको कारणबारे अहिलेसम्म स्पष्ट भएको छैन।
आगो नियन्त्रणमा लिन दर्जनौँ अग्निनियन्त्रक एकाइले रातभरि प्रयास गरेका थिए।

छ तले भवनमा आगलागी शुरू भएपछि ज्यान जोगाउन हाम फाल्दा कैयौँ कामदार घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

हराइरहेका कामदारका चिन्तित सयौँ आफन्त कारखाना परिसरबाहिर जम्मा भएका छन्।