चीनमा होटल भत्किँदा कम्तीमा १७ जनाको मृत्यु, पाँच घाइते

 

चीन । चीनको पूर्वी सहर सुजूमा एउटा होटल भत्किँदा कम्तीमा १७ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।उक्त दुर्घटना भएको ३६ घण्टासम्म खोजतलास गर्दा उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएर रहेका २३ जनालाई फेला पारेका थिए। तीमध्ये छ जना जीवितै छन्। चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार उक्त भवनका मालिकले भवनको संरचनामा नै फेरबदल गर्ने प्रयास गरेकाले उक्त दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। हालैका वर्षहरूमा उक्त भवनमा पटकपटक मर्मतका कामहरू भएको बुझिएको छ।