युरोपमा शताब्दीकै खराब वर्षा र बाढी , ५५ जनाको मृत्यु, ७० भन्दा बढी वेपत्ता

maitrinews

 

जर्मनी । युरोपमा एक शताब्दीकै खराब वर्षापछिको बाढीले जनजिवन अस्तव्यस्त बनाएको छ । पश्चिम युरोकपमा मुलुकहरु बाढीको चपेटामा परेका छन् ।
बाढीमा परेर अहिलेसम्म कम्तिमा ५५ जनाको मृत्यु भईसकेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । जर्मनीमा मात्रै ७० जना हराईरहेका छन् ।

त्यहाँ ४९ जनाको मृत्यु भइसकेको छ । बेल्जीयममा ६ जनाले ज्यान गुमाएका छन् । लक्जेम्वर्ग र नेदरल्याण्ड्स पनि बाढीबाट अति प्रभावित मुलुकमा परेका छन् । पश्चिमी युरोपमा एक शताब्दीयताकै भीषण वर्षा भएको युरोपेली मौसम एजेन्सीहरुको तथ्यांक छ ।