युरोपमा बाढी, कम्तीमा १२० जनाको मृत्यु, सयौँ बेपत्ता

 

जर्मनी । जर्मनी र बेनेलक्स क्षेत्रमा १२० जनाभन्दा बढी व्यक्तिको ज्यान लिएको बाढीमा हराइरहेका मानिसहरूको खोज कार्यमा उद्धार टोलीहरूले लागिपरेका छन्।

ती बाढीका कारण सयौँ व्यक्तिहरू हराइरहेका छन् भने हजारौँ घरबारविहीन भएका छन्।

युरोपेली सङ्घका नेताहरूले जलवायु परिवर्तनका कारण उक्त खराब विपद् निम्तिएको बताएका छन्।

अग्रणी वैज्ञानिकहरूले खराब मौसमी गतिविधिको वास्तविक पूर्वानुमानका लागि आफूहरूलाई अब अझै शक्तिशाली कम्प्युटर आवश्यक पर्ने उल्लेख गरेका छन्।