थप २४ सय जनामा कोरोना सङ्क्रमण, ३२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा थप २,४४५ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोमवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार ११,६६४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ३,८३१ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।
