इराकमा बम विस्फोट, २५ जनाको मृत्यु

 

इराक । इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतहरूले जनाएका छन्। विस्फोटन एउटा व्यस्त बजारमा भएको थियो।

सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो।
पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोटन हो।

इस्लामिक स्टेट आईएस समूहले घटनाको जिम्मेवारी लिएको छ।

इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *