एमालेले बनायो युथफोर्स
काठमाडौं । सरकारबाट बाहिरिएपछि एमालेले युथफोर्स गठन गरेको छ । आज एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको ‘युथफोर्स’ काठमाडौं भ्याली कमाण्ड घोषणा गर्दै सपथ ग्रहण गराएको छ ।
कमाण्ड घोषणा तथा सपथ ग्रहण पार्टी महासचिव ईश्वर पोखरेलले गराउनुभयो ।
कार्यक्रम बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको हो । कार्यक्रम सुरु हुनुअघि उपत्यकाका विभिन्न स्थानबाट युवा संघले र्याली निकालेको थियो ।