सिड्नीमा लकडाउन कार्यान्वयन गर्न सेना परिचालन

 

सिड्नी । अस्ट्रेलिया सरकारले सिड्नीमा थप गरिएको लकडाउन कार्यान्वयनका लागि सयौँको सङ्ख्यामा सेना परिचालन गरेको छ।

गत जुन महिनामा फैलिन सुरु भएको डेल्टा भेरिअन्टका कारण झन्डै ३,००० मानिस सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ।

पाँच सातायता लकडाउन जारी रहे पनि देशको सबैभन्दा ठूलो सहर सिड्नीमा सङ्क्रमण फैलिने क्रम जारी छ।

शुक्रवार थप १७० जनामा सङ्क्रमण पुष्टि भएको छ।