जापानबाट आइपुग्यो अष्ट्राजेनेकाको दुई लाख डोज खोप

 

काठमाडौँ । जापानबाट दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप नेपाल आएको छ।
जापान सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप शनिबार बिहान नेपाल आइपुगेको हो।

स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार कतार एयरलाइन्सबाट खोप आएको हो।

यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो। जापान सरकारले १६ लाख डोज खोप नेपाललाई दिने छ।

अब बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने सचिव पोखरेलले बताए।

पहिलो खोप लगाएर बसेका ६५ वर्षमाथिका जनतालाई यो खोप लगाइने उनले बताए। शनिबार आएको खोप प्रदेश १ र २ मा जाने उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *