मन्त्रालय बाँडफाँड विवादमै अल्झियो शीर्ष बैठक

maitrinews

 

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकले आज पनि निर्णय गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक मन्त्रालय बाँडफाँडमा केन्द्रित थियो ।

बैठकमा शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे बुधबारसम्म निर्णय लिने नेताहरुबीच सहमति भएको छ । यसैगरी बैठकमा संवैधानिक आयोगमा नियुक्तिलगायत पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीका बारेमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवाद पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।