पन्चशिर प्रान्त पनि तालिबानको नियन्त्रणमा

 

काबुल । तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको भएको युद्धमा आफू विजयी भएको घोषणा गरेको छ। तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो।
उक्त समूहले एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ जसमा लडाकुहरूले तालिबानको झण्डोत्तलन गरेको देखिन्छ।

तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू ुुसबै रणनीतिक स्थानमाुु उपस्थित रहेको बताउँदै ुुलडाइँ जारी राख्नेुु जनाएको छ।

उक्त समूहका नेताले तालिबानविरुद्ध देशैभरि विद्रोहुुको आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान एनआरएफका नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *