एमसीसी जस्ताको त्यस्तै पास हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पास हुने बताउनुभएको छ ।
बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुग्नुभएका देउवाले शुक्रबार बिहान त्यहाँ भएको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
उहाँले एमसीसीमा संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताउनुभयो । अर्ली इलेक्सन र प्रदेश सरकार परिवर्तनबारे गठबन्धनमा छलफल हुने उहाँको भनाइ थियो ।
