प्रदेश १ सभामा आइतबार मतदान हुने

maitrinews

 

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उहाँले यस सम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो ।

लगत्तै सभामुख प्रदीपकुमार भण्डारीले यसमा ७ गते मतदान हुने जानकारी गराउँदै बैठक स्थगित गनुभयो। एमाले विभाजित भएपछि आचार्य अल्पमतमा पर्नुभएको छ ।
विपक्षी गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।