फेसबुकले फेर्यो कम्पनीको नाम, नयाँ नाम मेटा

maitrinews

 

काठमाडौं । विश्वका आममानिसमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम फेरेर मेटा राखेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफूले कम्पनीको नाम परिवर्तन गरेर मेटा राख्ने निर्णय गरेको सुनाउने भएको छ ।कम्पनीको नामसँगै नयाँ लोगो पनि सार्वजनिक गरेको छ । यस अघि थम्पस अप गरेको लोगो रहेको थियो ।
यो परिवर्तन यसका अन्य प्लेटफर्महरू फेसबुक इन्स्टाग्राम र ह्वाट्एपमा लागि नहुने र यो परिवर्तन यी सामाजिक सञ्जालको मालिक कम्पनीको नाममा मात्र परिवर्तन हुने बताउनुभयो ।