कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

maitrinews

 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पदबाट राजीनामा दिएका छन् । कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनको लागि मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले ३ वर्ष ८ महिनासम्म सरकारले गरेका कामको चर्चा गरेका थिए ।
गत वैशाखमा एमालले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यसबेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सत्ता साझेदार गर्ने सहमति अनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।