विवाह बन्धनमा बाँधिइन् नोबेल शान्ति पुरस्कार विजेता मलाला

 

काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले बेलायतको बर्मिघम सहरमा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण दिन भएको बताएकी छन् । पाकिस्तानकी चर्चित महिला अधिकारकर्मीलाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर ल्याइएको थियो ।

मलालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् । उनले लेखेकी छन् असर र मैले जीवनसाथी बन्नका लागि डोरी बाँधेका छौँ । उनले मंगलबार दुवैले परिवारको साथ एउटा सानो समारोहबीच विवाह सम्पन्न गरेको पनि जानकारी दिएकी छन् । उनी लेख्छिन्, ुहामी भावी जीवनयात्रामा सँगै यात्रा गर्नका लागि उत्साहित छौँ ।ु