हेभी इक्विप्मेन्टलाई सवारी वोक्ने यातायातको बर्गिकरणमा राख्न नहुने

काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई ज्ञापन–पत्र दिएको छ। मंगलवार मन्त्री यादवको कार्यकक्ष सिंहदरवार पुगेर महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरुले ज्ञापन–पत्र दिएको हो।

महासंघका महासचिव सुरेश खत्रीले मन्त्री यादव समक्ष ज्ञापन–पत्र बाचन गर्दै हेभी इक्विप्मेन्टलाई सवारी वोक्ने यातायातको बर्गिकरणमा राख्न नहुने प्रष्ट धारणा राखेका छन्। त्यस्तै, मन्त्रालयमा हेभी इक्विप्मेन्टलाई हेर्ने हेभी इक्विप्मेन्ट महाशाखा नै हुनुपर्ने, हेभी इक्विप्मेन्टलाई यातायातलाई जस्तै सरकारले लगाउंदै आएको करको खारेज गर्नुपर्ने तथा हेभी इक्विप्मेन्टलाई उचित स्थानमा पार्किङ गर्ने पार्किङ स्थलको व्यवस्था गर्नुपर्ने माग सहित स्वदेशी तथा विदेशी लगानीका राष्ट्रिय गौरबका योजनाहरुमा हेभी इक्विप्मेन्ट व्यवसायीहरुका हेभी इक्विप्मेन्ट प्रयोग अनिवार्य गर्न लगाउन आफूहरुले माग गरेको महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।

अध्यक्ष श्रेष्ठका अनुसार, हेभी इक्विप्मेन्ट व्यवसायीका अर्बौ लगानी हेभी इक्विप्मेन्टमा भैरहेको र लगानी अनुरुप सरकारले काम नदिइकन विदेशी प्रोजेक्टमा विदेशी हेभी इक्विप्मेन्ट प्रयोग भैरहेको छ। त्यसस्थानमा स्वदेशी हेभी इक्विप्मेन्ट व्यवसायीका हेभी इक्विप्मेन्ट प्रयोग अनिवार्य गर्न र गराउन लगाउने कार्यमा मन्त्री यादवको ध्यानाकर्षण गर्ने कार्य भएको पनि अध्यक्ष श्रेष्ठले बताए। मन्त्री यादवले महासंघको मागको सुनुवाइ गर्ने बचनबद्धता व्यक्त गरेको महासचिव खत्री बताउंछन्।
प्रकाशन मिति–२०७८ साल कात्तिक ३० गते मंगलवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *