क्यानडा तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा
क्यानडा । एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्कटकाल घोषणा गरिएको छ।
विपद्बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्।
उक्त क्षेत्रमा आइतवार राति ठूलो तुफान आएको थियो। त्यसबाट हजारौँ मानिसहरू प्रभावित भएका छन्।
प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन्।
उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताए।
पहिरोमा परेर एक जना महिलाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन्।
उक्त क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ।