ठुलो सङ्ख्यामा माओवादी नेताहरू एमाले प्रवेश

 

काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०का पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य छिमी दोर्जी लामा एमाले प्रवेश गर्नुभएको छ ।

लामाको नेतृत्वमा हुम्लाका अन्य स्थानीय नेताहरू पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउनुभएको हो ।

प्रवेश गर्नेहरूमा माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसङ्गठनका ४ जना केन्द्रीय सदस्यलगायत हुनुहुन्छ।

पार्टी प्रवेश गर्ने कार्यक्रममा एमाले अध्यक्ष ओलीले नवप्रवेशी नेताहरूलाई समयमै सही निर्णय लिनुभएको भन्दै धन्यवाद दिनुभयो । उहाँले प्रचण्ड समूह कम्युनिष्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको बताउनुहुँदै बिस्तारै माओवादीको हालत कुनै बेलाको पेरुको साइनिङ पथको जस्तो हुने बताउनुभयो ।

उक्त अवसरमा पार्टीका महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज कमरेड गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सह इन्चार्ज द्वय दल रावल र दल फडेरा लगायतका नेताहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *