एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट

 

काठमाडौँ  ।  प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाँदै हुनुहुन्छ ।

आज बिहान साढे १० बजे प्रधानमन्त्रीले ओलीलाई भेट्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताउनुभयो । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *