पाँच क्यासिनोलाई सात दिने अल्टिमेटम

 

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले ५ कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण वापतको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको छ।

मन्त्रालयले रोयल्टी र नवीकरणबापतको ८६ करोड रकम तिर्न आलटाल गर्ने पाँच क्यासिनोलाई कारबाहीको चेतावनीसहित ७ दिनको म्याद दिएको हो। सात दिनभित्र भुक्तानी नगरे इजाजत रद्द गर्ने मन्त्रालयको निर्णय छ।

मन्त्रालयले क्यासिनो सञ्चालन गरिरहेका दरबारमार्गस्थित होटेल याक एन्ड यती, लाजिम्पाटको ओरियन्टल होटेल लिमिटेड र्‍याडिसन होटल, रक इन्टरनेसनल काठमाडौं, ह्याप्पी आवर र सेन्ट्रल मिडिया प्रा।लि। काठमाडौंलाई आर्थिक वर्ष २०७६र७७ को रोयल्टी र नवीकरण रकम सात दिनभित्र भुक्तानी गर्न भनेको हो।

यी क्यासिनोले कुल ८५ करोड ८४ लाख ४७ हजार ८ सय ४८ रूपैयाँ सरकारलाई तिर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *