अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर
तनहुँ । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।
१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय तनहुँका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ को ग अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।