नेपाल र चीनबीच भयो नौ बुँदे समझदारी

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । शनिबार नेपालका परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो ।

समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति,प्रधानमन्त्रीलगायतका नेतासँग भेटवार्ता गरी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *