एमालेप्रति बढ्दो जनसमर्थन

 

कालिकोट । जुम्लाको सिंजामा ​​​​​​​नेकपा एमालेले विशाल चुनावी सभा आयोजना गरेको छ ।
चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ । जुम्लाको सिंजा, नाराकोटमा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुहुनेहरूलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष ओलीलाई पार्टीका जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महतलगायत नेता(कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गर्नुभएको थियो ।
त्यसैगरी, नेकपा एमालेले कालिकोटमा विशाल चुनावी सभा आयोजना गरेको छ । जुम्लाको सिंजामा विशाल चुनावी सभा गरेर कालिकोटको सभामा एमाले अध्यक्ष केपी शर्मा ओली सम्बोधनका लागि पुग्नुभएको थियो ।

कालिकोटको सदरमुकाम मान्ममा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा ९एमाले०मा प्रवेश गर्नुहुनेहरूलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष ओलीलाई पार्टीका कालिकोट जिल्ला अध्यक्ष कमरेड जसीप्रसाद पाण्डेलगायतका नेता–कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *