घोराहीमा एमाले विजयी

 

दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लगि एमालेका नरुलाल चौधरी निर्बाचित भएका छन् ।

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा ९डायमण्ड०लाई ५ हजार ३३० मतले हराउदै विजयी भएका हुन् । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गरे । चौधरीले ०७४ को निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले हराएका थिए ।

सुरुको चरणमा मतगणना गर्दा गठबन्धनका शर्माले चौधरीलाई ४ सयको मतान्तरले पछाडि पारेका थिए । वडा नं १९ र १८ को मत गणना गर्दा शर्माको अग्रता थियो । तर पछि वडा नं १४ र १ को मत गणना गर्दा शर्मालाई पछि पार्दै आफ्नो चौधरीले आफ्नो अग्रतालाई बढाउँदै लगेका थिए ।

यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी झिनो मतले विजयी भएकी छन् । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भइन् । डिसीले ३० हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३० हजार ३५४ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *