सूर्यविनायक नगरपालिकामा एमाले विजयी

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको सुर्यबिनायक नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवारहरु बासुदेव थापा र सरिता भट्टराई ९तिमिल्सिना० क्रमशः मेयर र उपमेयरमा निर्वाचित हुनुभएको हो ।

मेयरमा थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई १ हजार ५२६ मतान्तरले पराजित गर्नुभएको हो । थापाले १४ हजार ७५८ मत ल्याई विजयी हुनु भएको हो भने ढुंगेलले १३ हजार २३२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपमेयरमा एमालेकै भट्टराई ९तिमिल्सिना० ले १४ हजार ४९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ६ हजार ६६१ मत प्राप्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *