स्थानीय तहको कार्यकाल सकियो
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आज सकिएको छ। विस २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिएको हो। ७५३ वटा स्थानीय तहमा गरी ३५ हजार २२१ जना जनप्रतिनिधि छन्।
२०७४ मा स्थानीय निर्वाचन तीन चरणमा भए पनि सबै प्रतिनिधिको आजै कार्यकाल सकिन लागेको हो। बहालवाला जनप्रतिनिधिको पदावधि आज सकिने भएपछि स्थानीय तहको काम कारवाहीमा अवरोध हुने देखिएको छ। नयाँ जनप्रतिनिधिको आजैबाट कार्यकाल सुरु हुँदैछ।
तर, अधिकांश स्थानमा मतगणनाको काम सम्पन्न हुन सकेको छैन्। महानगर र उपमहानगरको मतगणनाको काम निकै सुस्त गतिमा भैरहेको छ। मतगणना नसकिएका पालिकाहरु भने गणना नसकिएसम्म जनप्रतिनिधिविहीन हुने भएका छन्।
