मुस्ताङमा पाँचमध्ये चार गाउँपालिकामा एमाले

 

मुस्ताङ । स्थानीय तह निर्वाचन २०७९ मा मुस्ताङ जिल्लामा एमालेले आफ्नो ‘लालकिल्ला’ खडा गरेको छ । अघिल्लो पटक पाँचमध्ये एक पालिकामा मात्रै जित हात पारेको एमाले यसपटक चार स्थानमा विजयी भएको छ । एमालेले गुमाएको घरपजोङ गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवारले मात्रै दुई मतको अन्तरले जित हासिल गरेका छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा मुस्ताङ जिल्लाको पाँचमध्ये नेपाली काँग्रेसले थासाङ, बारागुङ मुक्तिक्षेत्र र लोमान्थाङमा जित हासिल गरेको थियो । उक्त निर्वाचनमा एमालेले घरपजोङ गाउँपालिका जित्दा साविकको दालामो गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले जितेका थिए । तर यसपटक भने मुस्ताङमा राजनीतिक पासा पल्टिएको छ । सत्ता गठबन्धन र एमालेबीचको प्रतिस्पर्धामा मुस्ताङको पाँचमध्ये चार गाउँपालिकामा एमालेको झण्डा गाड्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *