नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १५ देशका २६ फिल्म

काठमाडौं १० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र बिलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको हो।

आयोजका अनुसार यो महोत्सबमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्येबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको हो।

नेपाल सहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छन् । कोरोना महामारी मत्थर भएकाले यतिबेला यो महोत्सब गर्न लागिएको डा.मिश्रको भनाई छ।

महोत्सबका निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सबमा बिदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन्।

 

प्रकाशन मिति–२०७९ साल जेठ ६ गते शुक्रवार ।