बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
काठमाडौं, २२ असाेज । बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। स्रोतका अनुसार गोवास्थित डोना पाउलामा रहेको आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको हो।
सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लास्थित मुरुडमा जन्मिएका पाटेकरले सन् १९७८ मा मराठी फिल्म ‘गदद जाली’ र हिन्दी फिल्म ‘गमन’बाट अभिनय यात्रा सुरु गरेका थिए।
मौलिक अभिनय क्षमता र प्रभावशाली प्रस्तुतिका कारण पाटेकरले बलिउडमा छुट्टै पहिचान बनाएका थिए। पाटेकरका परिवारमा पत्नी नीलकान्ति पाटेकर र छोरा मल्हार पाटेकर छन्।
