अंग्रेजी गीतमा नेपाली निर्देशकको निर्देशन

काठमाडौं। बेलायतमा कार्यरत मेधावी नेपाली म्युजिक भिडियो निर्देशक कुशल श्रेष्ठले अंग्रेजी गीतको भिडियोमा निर्देशन गरेका छन्।

इटालियन गायिका इटालियन गायिका तथा लेखिका फेडस्टारको गीतमा निर्देशक श्रेष्ठले म्यूजिक भिडियो निर्देशन गरेका हुन्। टिनएज इटालीमै बिताएकी फेडस्टारले ५ वर्षदेखि बालबालिकाको गायन प्रतियोगितामा भाग लिन थालेकी थिइन्।

गायन अतिरिक्त ब्याले, आधुनिक र बेली डान्समा समेत पोख्त फेडस्टारसहित जोन फ्रयांकको अभिनयमा बनाइएको म्यूजिक भिडियोमा जोबिना हार्डीले मेकअप गरेकी छन् ।

कार्यकारी निर्माता फेडेरिका अन्ना सेटेमब्रीनी र म्यूजिक प्रोड्युसर हुन् सर्जिओ कार्कासी । उक्त गीतको बीचतिर स्पेनिस भाषाको रयापमा जोन फ्रयांकको फिचरिङ छ ।
प्रकाशन मिति–२०७९ साल जेठ ६ गते शुक्रवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *