ताइवान खाडीमा हाम्रो सार्वभौम अधिकार छ : चीन

 

चीन । चीनले ताइवान खाडीमा आफ्नो सार्वभौम अधिकार रहेको दाबी गरेको छ। अमेरिकाले उक्त क्षेत्र अन्तर्राष्ट्रिय जल क्षेत्र रहने बताएसँगै त्यसको खण्डनमा चीनले यस्तो बताएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवान खाडी चीनको जलक्षेत्रमा पर्ने बताएको छ।

उनले संयुक्त राष्ट्रसंघको नियम र चीनको आन्तरिक नियमअनुसार पनि यो क्षेत्र चीनकै जलक्षेत्रभित्र पर्ने बताएका हुन्।

उनले ताइवान खाडी अन्तर्राष्ट्रिय जलक्षेत्र पर्ने कुनै पनि नियम नरहेको बताएका हुन्। केही मुलुकले ताइवान मुद्दालाई अनावश्यकरुपमा उचाल्न यो विषयलाई उठाएको वेनबिनको भनाइ छ।

राष्ट्रसंघको नियमअनुसार कुनै पनि मुलुकले समुद्री किनाराबाट १२ नौटिकल माइल ९करिब २२ किलोमिटर०सम्मको जलक्षेत्रमा आफ्नो अधिकार पाउँछन्।

उनीहरुले करिब २०० नौटिकल माइलसम्म विशेष आर्थिक क्षेत्रको रुपमा अधिकार पाउँछन्। तर, यो क्षेत्रमा अन्य मुलुकको जहज पनि हिँड्न र उक्त क्षेत्रभन्दा माथिबाट विमान उडान पाउँछन्।

राष्ट्रसंघको नियममा अन्तर्राष्ट्रिय जलक्षेत्रको विषयमा व्याख्या गरिएको छैन तर सामान्यरुपमा यसलाई विशेष आर्थिक क्षेत्र र सम्बन्धित मुलुकको आर्थिक क्षेत्रबाहेकको जलक्षेत्रको रुपमा बुझिँदै आएको छ।

चीनले ताइवानलाई आफ्नै भूमि भएको दाबी गर्दै ताइवान खाडी पूर्णरुपमा आफ्नो भएको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *