गायकको नेटवर्कमा संगीतको शिक्षा पनि पाइने

काठमाडौं। गीतको माध्यमवाट झम्म–झम्म पानी पार्ने गायकको रुपमा ख्यातिप्राप्त गायक तथा विपदका देउता समेत भनेर चिनिएका रामकृष्ण श्रेष्ठको अगुवाइमा वर्ल्ड वाइड मिडिया नेटवर्क संचालनमा आएको छ। गायक श्रेष्ठको अगुवाइ तथा अध्यक्षतामा संचालित वर्ल्ड वाइड मिडिया नेटवर्कको विधिवत रुपमा शनिवार शुभारम्भ भएपछि संचालनमा आएको हो।

 

 

गायक श्रेष्ठ अध्यक्ष तथा महाप्रवन्धक रहेको वर्ल्ड वाइड मिडिया नेटवर्कको वेभसाइटको गायक श्रेष्ठको सांगीतिक गुरु सुरेन्द्र श्रेष्ठले कम्प्युटरमा क्लिक अन गरेपछि विधिवत रुपमा संचालनमा आएको घोषणा भएको छ। वर्ल्ड वाइड मिडिया नेटवर्कव्दारा न्युज पोर्टल मार्फत समाचार सम्प्रेषण गर्नुको अलावा अनुभवी सांगीतिक गुरुले संगीतको शिक्षा प्रदान गर्ने व्यवस्था गरिएको जानकारी अध्यक्ष तथा महाप्रवन्धक रामकृष्ण श्रेष्ठले दिएका छन्।

काठमाडौंको नयाँ बानेश्वर स्थित सुविधा सम्पन्न कार्यालयमा सभा समारोह गर्नका लागि हलको पनि व्यवस्था भएको जानकारी पनि अध्यक्ष तथा महाप्रवन्धक श्रेष्ठले दिएका छन्। सभागोष्ठी गर्नका लागि हलको आवश्यकता परेमा फोन नंबर 9851038400  मा संपर्क गर्न पनि श्रेष्ठले अनुरोध गरेका छन्।

 

प्रकाशन मिति–२०७९ साल असार २६ गते आइतवार ।