नेवाः समुदायले मनाउने गरेको गुँलापर्व आजदेखि सुरु

काठमाडाैं : नेवाः समुदायले मनाउने गरेको गुँलापर्व आजदेखि सुरुभएको छ । उपत्यकाको काठमाडौं ,भक्तपुर र ललितपुरमा बसोबास गर्ने बुद्ध धर्मावलम्बी नेवाः हरुले मनाउने गरिन्छ ।

धर्मावलम्बीहरुले साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजन कीर्तन गरेर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

(फोटो- रमेश डंगोल)

परिक्रमा गर्ने समयमा राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ ।

नेवा समुदायको पात्रो अनुसार नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना अर्थात नवौं महिनादेखि सुरु हुने भएको र यो एक महिना चल्ने भएकोले गुँलापर्व भनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *